२०७५ असार १३ गते १८:५८ विकासन्युज
काठमाडौं । मलाई हारको तनाबले छोडेको छैन । तर म अहिले परिवारसँग छु यसबाट टाढा हुने प्रयास गर्दैछु । शारिरीक रुपमा केही घाइते भएको छु यसले थप चिन्ता थपिरहेको छ ।
हामी अन्तिम १६ मा प्रवेश गर्न ४ मिनेट मात्रै बाँकी रहेको थियो । यो समय अनुभवको लागि एक कठिन घडी सँगै पिडा पनि । यो अनुभव मेरो जिवनमा लामो समयसम्मका लागि रहिरहनेछ । मेसीले मेरो साइडबाट खेल्ने धेरै प्रयास गरिरहेका थिए । मलाई थाहा थियो उनी उत्कृष्ट ड्रिबलर हुन् ।
एक-एक पास सजिलै निकाल्न सक्छन् । डिफेन्डरको अगाडी उनी कहाँबाट पस्छन त्यो थाहा हुँदैन । उनले प्रहार गरेको बल छेक्न निकै कठिन थियो किनकी त्यो गोल हुने राम्रो दिशा थिएन । मैले हेरिरहेको थिए प्रत्येक खेलाडीको अनुहारमा निरासा छाइरहेको थियो ।
भीएआर प्रविधीले हामीलाई पेनाल्टी नदिनु दुखद रह्यो ।रोजोको गोलले मलाई धेरै चकित पार्यो मलाई लाग्छ यो गोलले उनीहरुको समर्थकलाई धेरै उत्तेजित बनायो । सायद उनीहरुले धेरै खुशि मनाए यो फुटबलको प्रकृति हो । उनि नाइजेरियाका भरपर्दा डिफेन्डर हुन् । गोल डटकमको सहयोगमा
Copyright © 2024 Bikash Media Pvt. Ltd.