२०७५ असार २५ गते १७:२४ विकासन्युज
काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सो सम्बन्धि सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.