सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबीच क्यासलेस सम्झौता

  २०७५ असार ३१ गते १७:५५     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबीच नगद रहिद स्वास्थ्योपचार गर्ने (क्यासलेस) सम्झौता भएको छ । उक्त सम्झौता पश्चात इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता गरेको हो ।

जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ । सो सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका जीवन वीमाका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.