एनसीसी बैंक र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ भदौ ३ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने छ ।

उक्त सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।