२०७५ असोज ७ गते ११:५८ विकासन्युज
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
गत शुक्रबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ७ करोड २३ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुने फाइनान्सले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.