लघुवित्तले पनि भुत्तानी सेवा सञ्चालन गर्न पाउने

  २०७५ असोज १६ गते १७:३१     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै लघुवित्तीय संस्थाहरुलाई तोकेको मापदण्ड पुरा गरेको अवस्थामा यस्तो सेवा संचालन गर्न अनुमति दिने जानकारी गराएको हो ।

केन्द्रीय बैंकले तोकको मापदण्ड अनुसार विद्युतीय भुक्तानी सेवा संचालन गर्ने लघुवित्तीय संस्थाको चुक्ता पँुजी १० करोड रुपैयाँ हुनुपर्ने छ । यस्तै २० वटा शाखा कार्यालय र न्युनतम २० हजार ग्राहकसँग कर्जा–बचत कारोबार गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
मापदण्ड पूरा गरेका लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको अनुमति लिएर विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.