२०७५ असोज १९ गते ९:०६ विकासन्युज
काठमाडौं । तत्कालिक किष्ट बैंकका प्रवन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका ज्ञवालीलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई नेपालमा ल्याइसकेको छ । अदालतको फैसला कार्यन्वनका लागि उनले जेल बस्नु पर्ने छ । ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । अदालतले ठोषी ठहर गरेपछि उनी वेपत्ता भएका थिए ।
त्यसबेला अदालतले ज्ञवालीसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो । पुनरावेदन अदालतले ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । जम्को प्रकाशनलाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी गरेको कर्जा प्रवाह गरेको अभियोगमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.