सिन्धुपाल्चोकको मेलम्चीमा कृषि विकास बैंक लिमिटेडको एटिएम सेवा शुभारम्भ

  २०७५ असोज १९ गते १४:१४     विकासन्युज

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंककोे एटिएम सेवा शुभारम्भ कार्यक्रमको मिति २०७५ साल असोज १२ गतेका दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र मेलम्ची नगरपालीकाका नगर प्रमुख डम्बर बहादुरबाट संयूक्त रुपमा औपचारिक उदघाटन भयो ।

कृषि विकास बैंक क्षेत्रिय कार्यालय, काठमाडौका मुख्य निर्देशक  चुडामणी तिम्सेनाको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक मेलम्चीका  प्रबन्धक  तोलाकान्त अधिकारीले गरेका थिए। सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उदघाटन कार्यक्रमका प्रमुख अतिथी लिला प्रकाश सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत (भिसा कार्ड, आईपिएस,इन्टरनेट बैकिङ्ग, आस्वा सुधिा,डिम्याट सुविधा, मोवाईल बैकिङ्ग, एसएमएस) को बारेमा जानकारी गराउनुका साथै कृषि विकास बैंक सबैभन्दा ठुलो र स्वस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको तथा स्थानीय जनताको माया÷ममता र निरन्तर सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा सुविधा उपलव्ध गराउने विषयमा प्रकाश पार्दै सुरक्षीत मोनासिव प्रतिफलका लागि आफुसंग रहेको जे÷जति बचत भएको रकम कृषि विकास बैंकमा नै बचत गर्न अनुरोध समेत गरेका छन्।

यसै गरी मेलम्ची नगरपालीकाका प्रमुख तथा उदघाटन कार्यक्रमका अतिथी डम्बर बहादुर अर्यालले बैंकले मेलम्ची बजारको घरआंगनमा नै एटिएम सेवा उपलव्ध गराएको हुंदा आम स्थानीय जनताहरुले उक्त सेवाको उपभोग गर्न अनुरोध गर्दै, बैंकले उपलव्ध गराउने सेवा सुविधाहरु पारदर्शिढंगले समयमानै उपलव्ध गराउन सकेमा आम सेवाग्राहीहरुको आकर्षण कृषि विकास बैंक प्रति अझ बढ्ने भनि बैंकको थप प्रगतीका लागि शुभकामना समेत व्यक्त गरेका छन्। सेवाग्राही तथा स्थानीय जनताकोे तर्फबाट सिद्धिलाल श्रेष्ठ,यादव दुलालले बैंकले उपलव्ध गराउने सेवाहरुले मेलम्ची बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

त्यस्तै गरी कृषि विकास बैंक क्षेत्रिय कार्यालय काठमाडौका मुख्य निर्देशक चुडामणी तिम्सेनाले कृषि विकास बैंकले स्थापनाकाल देखि नै गरिब भन्दा गरिब किसानहरुको जीवनस्तर उकास्नमा निरन्तर वित्तीय सहयोग गर्दैं आएको हुंदा कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिदै औद्योगिक विकासका लागि पनि बैंकले वित्तीय सहयोग उपलव्ध गराउने तथा अबका दिनमा मेलम्चीवासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.