२०७५ असोज २६ गते १७:४४ प्रकाश देवकोटा
काठमाडौ । हिन्दूहरुको महान पर्व दशै नजिकीँदै गर्दा काठमाडाैं बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नयाँ लुगा लगाउने, मिठो मिठो परिकार बनाएर खाने, सबै आफन्त भेला हुने र आफु भन्दा ठूलासंग आर्शिवाद लिई दशै मनाउने चलन छ ।
अहिले प्राय सडकदेखि मलसम्म सबै स्थानमा व्यापारको रौनक छाएको छ । दशैमा बिशेष गरी माता दुर्गाको पुजा गरिन्छ । दशैमा हिन्दु धर्मालम्वीहरु आफनो घर सफा गर्ने, सजाउने कुरामा बिशेष ध्यान दिने गर्छन । सर्वसाधारणहरुले आफनो धेरै जस्तो समय किनमेलमा बिताउने गर्छन । दशैको बिदामा साना बच्चाहरु चंगा उडाउनुका साथै बिभिन्न खेल खेलि रमाउने गर्छन ।
दशैका लागी लूगा छान्दै महिला दिदी बहिनीहरु ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.