२० लाख यात्रु उडाउने भैरहवा विमानस्थलमा कालोपत्रे सुरु, भदौमा जहाज सरर

  २०७५ कार्तिक १३ गते १६:०८     विकासन्युज

तस्विरहरुः मन्त्री रबिन्द्र अधिकारीको ट्वीटरबाट

काठमाडौं । २० लाख यात्रुलाई सेवा दिने क्षमताको भैरहवा विमानस्थलको कालोपत्रे सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितीमा मंगलबार कालोपत्रेको सुरुवात गरिएको हो । मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको उच्च नेतृत्वसहित मन्त्री अधिकारीले कालोपत्रे कामको आरम्भ गरेका थिए ।

२०७६ भदौमा विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर उडान आरम्भ गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदिप अधिकारीले मन्त्रीको उपस्थितीमा कालोपत्रे आरम्भ गरिएको र आगामी भदौमा जहाउ उडाउन मन्त्रीले निर्देशन दिएको जानकारी दिए । मन्त्रीको निर्देशन अनुसार नै आगामी भदौभित्र उडान गर्न तयार पारिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

६ अर्ब २२ करोड लागतमा भैरहवा विमानस्थलको पूर्वाधार निर्माण भैरहेको छ । भैरहवा विमानस्थलमा ३ किलोमिटर लामो र ६० मिटर चौँडाईको धावन मार्ग रहनेछ ।

क्षेत्रिय स्तरको विमानस्थलका रुपमा निर्माण भैरहेको भैरहवा सञ्चालनमा आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्दै आएको भार केहि कम हुने अपेक्षा गरिएको छ । त्यसका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत भैरहवा विमानस्थले राम्रो प्रभाव पार्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.