२०७५ कार्तिक २९ गते १२:१८ खेमराज श्रेष्ठ
काठमाडौं । लोक सेवा आयोगले कर्मचारीहरुको माग संख्या पठाउन पत्र काटेको छ । आयोगले ४ वटा निकायलाई मंसिर १५ गतेभित्र माग संख्या पठाउन आग्रह गरेको हो ।
सरकारले २ महिना लोक सेवा नखुलाउन आग्रह गरेपछि आयोगले आफ्नो कार्यतालिका परिवर्तन गरी मंसिर २६ बाट खुलाउने तयारी गरेको छ । तर अधिकृतको माग संख्या आउने बेला भैसक्दा पनि सामान्य मन्त्रालयले नपठाए पछि आयोगले पत्र काटेको हो ।
प्राविधिक र अप्राविधिक दुबै तहको माग संख्या पठाउन सामान्य प्रशासन मन्त्रालय, न्यायपरिषद सचिवालय, स्वास्थ्य मन्त्रालय र व्यवस्थापिका संसदलाई पत्र काटेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार आयोगले पछिल्लो पटक सार्वजनिक गरेको कार्यतालिका अनुरुप परिक्षा सञ्चालन गर्न मंसिर १५ भित्र माग संख्या पठाउन सबै निकायलाई पत्राचार गरिएको छ ।
याे पनि हेर्नुहाेस्
मंसिरको अन्तिम बुधबारदेखि विज्ञापन खुल्नेगरी लोक सेवाको नयाँ कार्यतालिका सार्वजनिक (तालिकासहित)
Copyright © 2024 Bikash Media Pvt. Ltd.