२०७५ मंसिर ६ गते १५:११ विकासन्युज
काठमाडौं । भृकुटीमण्डपमा बिल्डिङ कन्सट्रक्सन एक्स्पाे शुरु भएको छ । युथ कम्यिुनिटी फर नेप्लिज कम्युनिटीले ४ दिने एक्स्पाेको आयोजना गरेको हो ।
मेलाको उद्घाटन शहरी विकास मन्त्री मोहमोद इस्तियक राईले गरेका हुन् । उद्घाटन समाहरोमा बोल्दै राईले मन्त्रालयले शहरी विकासका लागि ऐन निर्माण गरिरहेको र यसमा सबै पक्षको सुझाव आवश्यक रहेको बताए ।
एक्स्पाेमा घर बनाउन चाहाने एक जना व्यक्ति एक्पोमा आए सबै प्रकारका परामर्श तथा निर्माण सामाग्री पाइने नेपाल इन्जिनियरिङ एशोसियसनका कार्यकारीणी सदस्य इन्जिनिएर होमनाथ पोखरेलले बताए । मेलामा ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने उनले दाबी गरे ।
मेलामा अर्घाखाँची सिमेन्ट, शंकर ग्रुप, जगदम्बा ग्रुप, बरगर पेन्ट्स लगायत ६१ वटा स्टलहरु राखिएका छन् । एक्स्पाे घर बनाउँदा कस्तो निर्माण सामाग्री प्रयोग गर्ने, डिजाइन कसरी तयार गर्ने विषयमा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.