आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

  २०७५ मंसिर १८ गते १३:०४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा १० लाखको दुर्घटना बीमा तथा २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिदैं थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससंग बीमा सेवाको लागि संझौता गरिएको बताएका छन् ।
त्यसै गरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको जानकारी दिएका छन् ।