२०७५ पुष २ गते १७:०७ विकासन्युज
काठमाडौं । जनता बैंकले अनलाइनबाट कुनैपनि वस्तु तथा सेवाको खरिद गर्दा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको छ । यो सेवाको शुरुवातसँगै बैंकका कार्डहोल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।
यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन् । जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसँग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
साथै, बैंकले विदेश स्थित विश्व विद्यालय/कलेजसँग सम्बन्धि विभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय/कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरु गरेको छ ।
भिसा इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ । यस सेवामार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने बैंकको विश्वास छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.