प्रभु लाइफकाे ‘श्रीवृद्धि जीवन बीमा’ योजना, शुल्क नबढ्ने तर बीमा रकम दोब्बर हुने

  २०७५ पुष ५ गते १६:११     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितहरुलाई लक्षित गरी ‘श्रीवृद्धि जीवन बीमा’ योजना ल्याएको छ । इन्स्योरेन्सले बिहीबार पत्रकार सम्मेलन गरी टाइम भ्यालु अफ मनीको अवधारणालाई पुरा गर्ने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको बताएको छ ।

यस योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ । तर बीमा शुल्क(प्रिमियम) भने जीवन बीमा अवधि भरि नै सधैँ एउटै हुने इन्स्योरेन्सले जनाएको छ । साथै, इन्स्योरेन्सका बीमितले मुल बीमाङ्कमा ५ प्रतिशतका दरले वार्षिक वृद्धि भएको बीमाङ्क रकम र बोनस सहित बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउने इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले बताएका छन् ।

सो योजनामा न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ र अधिकतम बीमाङ्क जति पनि हुने छ । कम्पनीले १० वर्षदेखि अधिकतम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम २० वर्ष रहेको छ ।

कम्पनीका अनुसार वार्षिक बीमा शुल्क भुक्तानीमा २ प्रतिशत र अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट हुने छ । त्यस्तै, त्रैमासिक तथा तलब बचत बीमा शुल्क भुक्तानीमा कुनै छुट तथा थप नरहेको र मासिक बीमाशुल्क भुक्तानीमा ५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.