डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच सम्झौता

  २०७५ पुष २५ गते १८:११     विकासन्युज

काठमाडौं । डिएभि कलेज र ललितपुर चेम्बर अफ कमर्सबीच “यूवा उद्यमी विकास कार्यक्रमका ” लागि सम्झौता भएको छ । उक्त सम्झौतामा डिएभि कलेजका अध्यक्ष अनिल केडिया र ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णलाल महर्जनले हस्ताक्षर गरिएको थिए ।

उक्त औपचारिक सम्झौता दक्ष तथा बौद्विक यूवा उद्यमी विकास गर्ने अभिप्रायले गरिएको छ । डिएभि कलेजले ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा एमबिएस, बिबिए, बिबिएम तथा बिबिएसका विद्यार्थीहरुका लागि “यूवा उद्यमी विकास कार्यक्रम्”आयोजना गर्न गई रहेको छ ।

दुबै पक्ष बीच कार्यक्रमको प्रभावकारीता सुनिश्चित गर्नका लागि व्यवस्थापन तथा व्यवसायिक प्रशिक्षक छनौट गर्नका लागि संचार तथा सूचना आदान प्रदानका लागि सहमत भएका छन् । ललितपुर चेम्बरले डिएभिका विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त गर्नका लागि दुई महिने प्रशिक्षार्थी कार्यक्रम् तथा औद्योगिक भ्रमणको प्रदान गर्ने भएको छ । उक्त सम्झौताको अवधि एक वर्षको रहनेछ जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.