२०७५ पुष २८ गते १९:०६ विकासन्युज
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले भारतीय उद्योग परिसंघद्वारा आजदेखि भारतको आर्थिक नगरी मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई संवोधन गर्नुहु“दै प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एशियामा आर्थिक सहयोग–साझेदारी प्रवद्र्धन सम्बन्धीसत्रलाई संवोधन गर्दै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनु भएका महासंघका विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी समेत गरे ।
सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ । सम्मेलनको भारतका उपराष्ट्रपतिले एक विशेष समारोहका बीच आज समुद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
पूर्व अध्यक्ष ढकालले सम्मेलन कै दौरान पर्यटन तथा सेवा क्षेत्र सम्बन्धी एउटा शत्रलाई संवोधन गर्दै सार्क क्षेत्रलाई जोडने अर्को महत्वपूर्ण माध्यम पर्यटन क्षेत्र भएको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि उनले अनुरोध गरे । साझेदारी सम्मेलनमा भाग लिन गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी पनि रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.