रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक, बार्षिक ५ प्रतिशतका दरले रकम फिर्ता पाइने

  २०७५ पुष ३० गते १७:५०     विकासन्युज

काठमाडौँ । रिलायन्स लाइफइन्स्योरेन्स लि.ले सार्वजनिक गरेको रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ ।

यो योजना बैंकको मुद्दती निक्षेप जस्तै भएको बताइएको छ । नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको बार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेका छन् ।

यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कूल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी
गरिने विशेषता रहेको छ ।

बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना ल्याएको जनाएको छ ।