२०७५ माघ ६ गते १७:२५ विकासन्युज
काठमाडौं । बारा जिल्लामा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पशुपालन तालिम कार्यक्रम सञ्चालन गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित जैतापुरमा २७ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ ।
पशुपालन तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकास प्रसाद दाहाल तथा प्रभातकुमार यादवले बताएका छन् ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बारा जिल्लामा सिमरा तथा परवानीपुर गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.