२०७५ माघ ९ गते १५:५२ विकासन्युज
काठमाडौँ । नेपाल उद्योग परिसंघको आयोजनामा फागुन २ गते उद्योग शिखर सम्मेलन हुने भएको छ । सातै प्रदेशका उद्योग मन्त्रीहरुको उपस्थीतीमा याक एन्ड यति होटलमा सम्मेलन सन्चालन हुने भएको हो ।
नेपाल उद्योग परिसंघ अध्यक्ष हरिभक्त शर्माले भने ‘छिमेकी देशहरुमा उद्योगको विकास भैरहेको बेला नेपालमा उद्योगको राम्रोसँग विकास हुन सकेको छैन ।’ यो शिखर सम्मेलनले नेपालमा कस्ता उद्योगको सभावना छ भन्ने बारेमा छलफल हुने बताए । हामीले सातै प्रदेशका उद्योग मन्त्रीहरुको उपस्थितिमा कुन प्रदेशमा कस्ता उद्योगहरु सन्चालन गर्न सकिन्छ र उद्योगको विकासका लागि के के आवश्यता छ भन्ने विषयमा पनि छलफल हुने बताए ।
सो सम्मेलनमाको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले र सम्बोधन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गर्ने छन् । कार्यक्रममा ४ सयको उपस्थति रहने आयोजकले अनुमान गरेको छ । सो सम्मेलनमा विदेशी लगानीकर्ता सहभागिता हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.