२०७५ माघ ११ गते १०:५७ विकासन्युज
काठमाडौं। तीन वटा जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुफापोखरी हिउँले भरिएको छ। नेपालको स्विजरल्यान्डको रुपमा परिचित गुफापोखरीमा हिउँ परेपछी हिउँ खेल्न आउने मानिसहरुको संख्या बढ्दो छ। यहाँ शुक्रबार बिहान ११ बजेको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ।
गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा गुफापोखरी रहेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.