साउदी अरबको एसएबीआइसी पेट्रोल कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि

  २०७५ माघ १४ गते १४:३१     विकासन्युज

काठमाडौं । सन् २०१८ साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) को समग्र मूल्यमा वृद्धि भएको छ । गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल्यमा वृद्धि भएको उक्त कम्पनीले जनाएको छ ।
एसएबीआइसीले सन् २०१८ को समग्र कारोबारमा कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि भएको जनाएको छ । विश्वका ठूला १० शैलरासायन कारोबार कम्पनीमध्येको एक एसएबीआइसीले सन् २०१८ को खुद नाफा पाँच अर्ब ७४ करोड अमेरिकी डलर रहेको बताएको छ । अघिल्लो बर्ष उक्त कम्पनीको खुद नाफा चार अर्ब ९१ करोड रहेको थियो ।

साउदी अरबमा सबैभन्दा ठूलो पेट्रोल कम्पनी एसएबीआइसीले जारी गरेको विज्ञप्तिमा गत बर्षको अन्तिम त्रैमासिकमा कम्पनीको नाफा १२.४ प्रतिशतमा झर्दा ८६ करोड ४० लाख अमेरिकी डलरको कारोबार भएको थियो । सन् २०१७ को सोही समयमा कम्पनीले ९८ करोड ७० लाख अमेरिकी डलरको कारोबार गरेको थियो ।

कम्पनीले खुद नाफामा कमी हुनुको कारण पेट्रोलको निम्न मूल्य कायम हुनु र कम्पनी आवद्ध संस्थाको कारोबार अभियानमा देखिएको सुस्तता जिम्मेवार भनेको छ । सन् २०१८ मा पेट्रोलको मूल्यमा क्रमिकरूपमा वृद्धि देखिएको भएपनि चौथो त्रैमासिकमा ४० प्रतिशतले घटेको थियो । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.