२०७५ माघ २१ गते ११:२८ विकासन्युज
काठमाडौं । भेनेजुयलामा आर्थिक प्रतिबन्धको घोषणाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाे छ । राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप पेट्रोलियम पदार्थमा मूल्य प्रभाव परेको हाे।
‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ ।
गत जनवरी २५ सम्म तेलको मूल्यमा सामान्य कमी देखिएको थियो । अघिल्लो हप्ता तेलको कच्चा पदार्थ, डब्लुटिआई मा ०.२ प्रतिशत र ब्रेन्टमा १.७ प्रतिशतको कमी आएको थियो । डब्लुटिआईको मूल्य प्रति ब्यारेल ५३.६९ अमेरिकी डलर र ब्रेन्टको मूल्य प्रतिव्यारेल ६१.६४ अमेरिकी डलर कायम भएको थियो । तर गत हप्ताको सोमबार डब्लुटिआईमा १.७० अमेरिकी डलर कमी आई प्रति ब्यारेल ५१.९९ अमेरिकी डलर र ब्रेन्टमा प्रतिब्यारेल १.७१ अमेरिकी डलरको कमी आई ५९.९३ प्रतिशत कायम भएको थियो ।
राष्ट्रपति मदुरोलाई दवाव दिन काराकासको तेलको निर्यातलाई नियन्त्रण गर्न अमेरिकाले भेनेजुयलाको राज्यद्वारा सञ्चालित तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्यो जसको प्रभाव गत साता देखि नै अमेरिकी राष्ट्रहरूमा तेलको मूल्यमा वृद्धि भएको हो ।
पछिल्लो परिवर्तनपछि तेलको कच्चा पदार्थ डब्लुटिआईमा १.३२ प्रतिव्यारेल अमेरिकी डलर वृद्धि भई ५३.३१ डलर कायम भएको छ भने ब्रेन्टमा १.३९ को वृद्धि भई ६१.३२ कायम हुन गयो । तर यो क्रम निरन्तर रहँदा डब्लुटिआइ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताइएको हो । रासस/सिन्ह्वा
Copyright © 2024 Bikash Media Pvt. Ltd.