२०७५ माघ २७ गते १६:१५ विकासन्युज
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडिएपछि आयोजनामा काम गर्ने कर्मचारी र नेपाली ठेकेदारहरु अन्योलमा परेका छन् । आयोजनामा काम गरिरहको इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेपछि आफ्नो बाँकी रहेको भुक्तानी दिन ठेकेदार र कर्मचारीहरूले माग गरेका हुन् ।
मेलम्चीमा काम गर्ने करिब ८ सय कर्मचारीको तलब रोकिएको एक सदस्य देवी रमण अधिकारीले बताए । उनका अनुसार अहिले ८ करोड भन्दा बढी रुपैंया पारिश्रमिक वापत कम्पनीले तिर्न बाँकी रहेको छ । आयोजनामा नेपाली भारतीय र इटालियन कर्मचारीहरुले काम गरिरहेका छन् ।
आयोजनालाई सामाग्री प्रदान गर्दै आइरहेका नेपाली ठेकेदारहरुले सिएमसीलाई मनाएर काममा फर्काउन वा सरकारले नै बक्यौता रकमको दिनु पर्ने माग गरेका छन् । सघर्ष समितीका संयोजक श्रीराम न्यौपानेका अनुसार हाल सिएमसीले दिएका बैंक चेकहरु बाउन्स भैरहेको छ ।
न्यौपानेले मन्त्रालयले कमिसनको चक्करमा सिएमसीलाई भगाएको आरोप लगाउदैं समयमै समस्याको समाधान गर्न आग्रह गरे । यदी सिएमसीको साटोमा अर्को कम्पनीलाई जिम्मा दिए आयोजना २ वर्ष थप पर धकेलिने नेपाली ठेकदारहरुको माग रहेका छ ।
हाल मेलम्चीको २७ किलोमिटर सुरुङ मध्ये १५ सय मिटर सुरुङ फिनिसिङ गर्न बाँकी रहेको छ । यो काम १० दिनमा सकिने ठेकदारहरुले बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.