२०७५ फागुन १ गते १६:१६ विकासन्युज
काठमाडौँ । कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कानूनी कारवाही नभएसम्म त्रिपुरेश्वर स्थित कम्पनी रजिष्ट्रारको कार्यालयबाट कामकाज बन्द हुने भएको छ ।
कार्यालयले बुधबार सूचना प्रकाशित गरी कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मका लागि सम्पूर्ण काम कारवाही बन्द रहने र यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधाप्रति क्षमा मागेको छ ।
यसैबीच, काठमाडौँ त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथि आज हातपात भएको थियो । सेवाग्रहीको रुपमा आएका कम्पनी दर्ता गर्न आएका गुणराज आचार्य र टीकाध्वज खड्काले रजिष्ट्रार र रजिष्ट्रार माथि कुटपीट गरेका हुन् ।
कम्पनी ऐन अनुसार कुनै देशको नाम राखेर कम्पनी दर्ता गर्न पाइदैन, तर आचार्य र खड्का चीनको नाम राखेर कम्पनी दर्ता गराउन आएका थिए । देशको नाम राखेर कम्पनी दर्ता गर्न नपाइने भन्दा रजिष्टार र उपरजिष्टार माथि हातपात भएको हो ।
अभियुक्त मध्येका आचार्यलाई प्रहरीले पक्राउ गरेको र अर्का अभियुक्त खड्का भने फरार भएका छन् । उनीहरुले कर्मचारीलाई हातपात गर्नुका साथै टेबुलका शिशा समेत फुटाएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.