२०७५ फागुन १५ गते १७:१७ विकासन्युज
काठमाण्डौ । एनआई सी एशिया बैंकले बैंकले डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाई दिन सम्पूर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ ।
स्मार्ट टेलर मार्फत बैंकका ग्राहकहरूले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्ने छन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.