टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको फैसला, सांसद पद खारेज हुने

  २०७५ फागुन २२ गते १५:००     विकासन्युज


काठमाडौँ । टीकापुर हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले यस्तो फैसला सुनाएको हो । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।

लक्ष्मण चौधरी, लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर, उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

यता, टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद खारेज हुने भएको हो ।

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । चौधरी फरार रहेकै अवस्थामा चुनाव लडेर कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । सो मुद्दामा सांसद चौधरीसहित ५८ जनालाई विपक्षी बनाई अदालतमा मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.