अन्तर्राष्ट्रिय महिला दिवसमा ४ महिला नेतृको गर्जनः श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?

  २०७५ फागुन २४ गते १२:२०     विकासन्युज


काठमाण्डौ । आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिलाअधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा विभिन्न दलका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुष बीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।

साक्षात्कारमा नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन् ।

विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमालिनुपर्ने बताइन् । “शासक र शाषित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन?” रेग्मीले प्रश्न गरिन् ।

संसदमै महिला हिंसा छ: चन्दा चौधरी
यसैगरी, कार्यक्रममा राष्ट्रिय जनता पार्टीकीमहामन्त्रीतथा सांसद चन्दा चौधरीले पछिल्ला केहीवर्षमा महिला आन्दोलनको उपलब्धि देखिएपनि पर्याप्त नभएको तर्क गरिन् । आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुख जति महिलालाई दिइएको गुनासो गरिन् ।

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । “निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको छ । तर, सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” चौधरीले भनिन् ।

चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको उनले बताइन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्ष तर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो ।

सरकारले निर्मला पन्तका बलात्कारी लुकाएको छैनः शान्ता चौधरी
कार्यक्रममा नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धि स्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नु पर्नेमा उनले जोड दिइन् ।

निर्मलापन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ती जनाइन् । पछिल्लो समय निर्मलाप्रकरण नै सरकारको प्रमुख मुद्दा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुईतिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् ।

सुदूरपश्चिममा छाउपडी र मधेशमा दाइजो प्रथा कहिले अन्त्य हुन्छ: दुर्गा सोव


कार्यक्रममा महिला अधिकारकर्मी तथा नयाँशक्ति पार्टीकी सह संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमामहिलाले फड्को मारे पनि पर्याप्त नभएको बताएकी हुन् ।सुदूरपश्चिमप्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.