२०७५ फागुन २४ गते १४:१६ विकासन्युज
काठमाडौँ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् । शुक्रबार भएको यो सहमतिसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ ।
राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति भएका ११ बुँदा पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको उल्लेख छ ।
सहमतिका ११ बुँदामा सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मूलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.