काँग्रेस सभापति देउवाले भने-‘वाइड बडीको छानबिन हुनु पर्छ, एनसेलले कर तिर्नु पर्छ’

  २०७५ फागुन २८ गते १५:३९     विकासन्युज

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताए ।

सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो ।

उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.