२०७५ चैत ४ गते १९:१० विकासन्युज
काठमाडौं । अब सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिन प्रशिक्षण केन्द्रको प्रमाणपत्र नचाहिने भएको छ ।
यातायात व्यवस्था विभागले आइतबार एक सार्वजनिक सूचना मार्फत सर्वसाधारणले सवारी लाइसेन्सका लागि आवेदन दिँदा बुझाउँदै आएका प्रशिक्षण केन्द्रको प्रमाणपत्रको प्रतिलिपी अब बुझाउन नपर्ने जानकारी गराएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४८ को उपदफा(२) मा ‘नीजले चलाउन चाहेको सवारीको सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी’ भन्ने शब्दहरु हटाइएकोले उक्त प्रमाणपत्र आवश्यक नरहेको यातायात व्यवस्था विभागका प्रशासन शाखाका निर्देशक तीर्थराज खनालले बताए ।
उक्त व्यवस्था लागू भएसँगै नेपालमा संचालन भइरहेका सवारी चालक प्रशिक्षण केन्द्रहरुको व्यवसाय खस्किने भएको छ । विभागले प्रकाशित गरेको सूचना अनुसार ड्राइभिङ ट्रेनिङ सेन्टरहरुको पैसा कमाउने दिन सकिने देखिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.