जलविद्युत लगानी तथा विकास कम्पनीले साधारण सेयर निस्कासनको स्वीकृति पायो

  २०७२ भदौ ३१ गते १२:५०     विकासन्युज

काठमाडौं, ३१ भदौ । धितोपत्र वोर्डले जलविद्युत लगानी तथा विकास कम्पनीलाई २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निस्कासनको अनुमति दिएको छ ।

वोर्डले २८ भदौमा कम्पनीलाई साधारण सेयर निस्कासनको अनुमति दिएको हो । कम्पनीले दशै अगाडि नै सेयर विक्री गरिसक्ने प्रश्ताव गरेको सेयर सार्वजनिकको स्वीकृति चाढै दिइएको वोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

‘उहाँहरुले दशै अगाडि नै सेयर सार्वजनिक गर्ने तयारी रहेको बताउनु भयो, दशै अगाडि सेयर विक्री गर्दा सवै विक्री हुन सक्ने उहाँहरुको तर्क रहेकोले हामीले पनि छिटो गरेर स्वीकृति दियौं,’ कार्यकारी निर्देशक गिरीले भने ।

बोर्डवाट सेयर निस्काशनको स्वीकृति पाएकोले चाढै नै सेयर सार्वजनिक गर्ने गृहकार्य थालिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए । विचमा दशै तिहार जस्ता चाड पर्ने भएकोले निर्धारित समयमा सेयर विक्रीको काम नसकिने हुदा दशै अगाडि नै सार्वजनिक गर्ने गर तयारी कम्पनीले थालेको छ ।

‘बोर्डवाट स्वीकृति पाएको २ महिनाभित्रमा सेयर सार्वजनिक गरिसक्नु पर्ने हुन्छ, दशै पछाडि सेयर सार्वजनिक गर्नको लागि समय नपुग हुन सक्ने भएकोले सकेसम्म दशै अगाडि नै सेयर सार्वजनिक गर्ने गरी गृहकार्य गरिरहेका छौं,’ कार्यकारी निर्देशक रौनियारले भने ।

कम्पनीले सेयर सार्वजनिको स्वीकृति पाएको भएपनि कुन दिनदेखि सेयर विक्री सुरु गर्ने भन्ने निर्णय भने गरेको छैन ।

कम्पनीले क्रेडिट रेटिङमा ग्रेड ३ प्राप्त गरेको छ । क्रेडिट रेटिङ गर्ने नेपालको एक मात्र कम्पनी इक्रा नेपालले कम्पनीलाई सो रेटिङ प्रदान गरेको हो । इक्रा नेपालले सोमवार मात्रै कम्पनीको रेटिङ पूरा गरेको थियो । सर्वसाधारणलाई सेयर विक्री गर्न रेटिङ गराएको कम्पनीले अव चाढै नै सेयर सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने अनुमति मागेपछि धितोपत्र वोर्डले क्रेडिट रेटिङ गराएर आउन निर्देशन दिएको थियो । रेटिङकै कारण सेयर सार्वजनिक गर्न ढिलाइ भएको थियो ।

कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निस्कासनको अनुमतिको लागि २०७१ माघ २२ गते धितोपत्र वोर्डमा निवेदन दिएको थियो । बोर्डले अरु सवै प्रक्रिया राम्रो भएपनि क्रेडिट रेटिङ गराउनु भनेको कारण साधारण सेयर निस्कासनमा ढिलाइ भएको थियो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ बराबरका २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक गर्न लागको हो । सो कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । कोषले सेयर निस्कासनको सहविक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट र एनएमबी क्यापिटल नियुक्त भैसकेका छन् । कम्पनीले आफ्नो चुक्ता पूजीको २५ प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.