झिनो अंकले नेप्से घटेर बिदा भयो २०७५ साल, कारोबार रकम पनि घट्यो

  २०७५ चैत २८ गते १६:०६     विकासन्युज


काठमाडौ । २०७५ सालको शेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको अन्तिम दिन ०.५९ अंकले घटेको छ । परिसूचक ०.०५ प्रतिशतले बढ्दा ११८४.०२ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १२ लाख ५१ हजार २ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा ३९ करोड ६४ लाख २१ हजार ५ सय १ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन नेप्सेमा ४ सूचक राताम्मे देखिए भने अरु समूहमा हरियाली छायो । बैंक समूह ०.५५, विकास बैंक समूह १.२९, जलविद्युत समूह ०.३८, निर्जीवन बीमा समूह ५.७२, लघुवित्त समूह ०.०३ र जीवन बीमा समूह ९.१३ अंकले बढेका छन् । त्यसैगरी, होटल समूह ०.५५, वित्त समूह ३.४२, उत्पादनमूलक समूह ३१.८५ र अन्य समूह ३.०३ अंकले घटेका छन् ।

बजार घटेको विहीबार एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सबैभन्दा धेरै ९.९२ प्रतिशतले नाफा आर्जन गरेका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ८.६४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.