२०७६ वैशाख ५ गते १७:०३ विकासन्युज
काठमाडौँ । कैलाश विकास बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनविआइ) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि बैशाख ३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता बैंकका कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ ।
उक्त सम्झौतामा एनविआइ को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.