२०७६ वैशाख ९ गते १३:२७ विकासन्युज
काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.