साउथ एशियाका केन्द्रीय बैंकहरु मध्ये नेपाल राष्ट्र बैंकको भूमिका उत्कृष्ट छ- ज्ञानेन्द्र ढुंगाना

  २०७६ वैशाख १४ गते १०:२०     विकासन्युज


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकिय भूमिका दक्षिण एशिया मै उत्कृट भएको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकउत्सवको अवसरमा विकासन्युजको नियमियत स्तम्भ ‘विकास वहस’ मा कुरा गर्दै उनले राष्ट्र बैंकले पुलिसको मात्र भूमिका नखेलेको, बैंक तथा वित्तीय संस्थाहरुको लागि असल अभिभावकको भूमिका पनि खेलेको बताए ।

पछिल्लो समय नेपाल राष्ट्र बैंक पार्टिसिपेटरी एप्रोचमा चलेको, बैंकर्सहरुको सुझावहरुलाई केन्द्रीय बैंकले ग्राहण गरेको, राष्ट्र बैंककै सल्लाह र सुझावमा नेपाल बैंकर्स संघले निक्षेपमा दिने व्याजदरको सीमा तोकेको उनले बताए ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिन सक्ने बताएका छन् । सेयर बजारमा हल्ला फैलाएर लाभ लिन खोज्नेहरुले नविल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जको हल्ला चलाएको उनले बताए । बंगलादेश बैंकले प्रतिआना ७८ लाखका दरले १२१ आना जग्गा किन्दा कुनै गडबढी नभएको तर बैंकका एक सञ्चालक दलालको प्रभावमा परेको र विवादस्पद समाचार प्रकाशमा आएको बताएका छन् ।