२०७६ वैशाख १९ गते १५:३२ विकासन्युज
काठमाडौं । बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरिएको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा अधिकांश आवेदकलाई २० कित्ताको दरले सेयर परेको छ ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० देखि २००० कित्तासम्म माग गर्ने २ लाख ८८ हजार ८९७ जनालाई न्युनतम १० कित्तासेयर परेको छ । उनीहरुलाई कूल २२ लाख ८८ हजार ९७० कित्ता बाँडिएको हो ।
त्यस्तै, बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता सेयर पुनः २० देखि २००० कित्तासम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भाग्यशाली २ लाख ०९ हजार ३२८ जनाले थप १० कित्ता गरी अधिकतम २० कित्ता सेयर पाएका छन् । समग्रमा कूल ९१.२३ प्रतिशत आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ ।
साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर २ लाख ८८ हजार ८९७ जनालाई वितरण गरिएको हो ।
कूल ३ लाख ५९७ जना आवेदकहरु मध्ये ११ हजार ७०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.