प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

  २०७६ जेठ १७ गते १४:४३     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जेठ १७ गते बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७९.७९ प्रतिशत बोनस र ४.२० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्रा पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको छ । ७९.७९ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।