यूनियन हाइड्रोको आजदेखि सेयर किनबेच गर्न पाइने, स्टक सिम्बोल ‘यूएनएचपीएल’

  २०७६ जेठ २९ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आज(बुधबार)देखि यूनियन हाइड्रोपावरको सेयर कारोबार गर्न पाइने भएको छ । हिजो मात्रै नेप्सेमा सूचिकृत भएको हाइड्रोको सेयर इच्छुक लगानीकर्ताले अब दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् ।

संस्थाको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम ७९ र अधिकतम २६९ रुपैयाँसम्म ओपनिङ् रेञ्ज छुटाएको छ । साथै, संस्थाको स्टक सिम्बोल ‘यूएनएचपीएल’ छ ।