बजारमा रक्सीको अभाव, तिहारपछि ठ्याम्मै नपाईने

  २०७२ कार्तिक १७ गते १७:३४     विकासन्युज

काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीले बजारमा रक्सीको अभाव सुरु भएको छ । इन्धन तथा कच्चा पदार्थको अभावमा स्वदेशी उद्योगहरु धमाधम बन्द भएका छन भने विदेशी रक्सीको आयात समेत ठप्प भएपछि बजारमा रक्सीको अभाव सुरु भएको हो ।

Bikashnews.com
‘बजारमा ८० प्रतिशतले मदिराको अभाव सुरु भैसकेको छ ।’ मदिरा व्यवसायी संघका अध्यक्ष नबिनलाल श्रेष्ठले भने । नेपालमा बर्षेनी करिब ७५ अर्ब मुल्य बराबरको स्वदेशी तथा विदेशी रक्सी खपत हुने गरेको छ । तीमध्ये ३० प्रतिशत बजार हिस्सा विदेशी रक्सीले ओगट्ने गरेका छन् । नेपालमा एक सय वटा रक्सी अर्थात मदिरा उद्योग दर्ता भएपनि ७६ वटाले मात्रै मदिरा उत्पादन गर्दै आएका थिए ।

मदिरा व्यवसायी संघका अध्यक्ष श्रेष्ठका अनुसार भारतीय नाका बन्दीले विदेशी मदिराको आयात ठप्प भएको छ भने इन्धन अभाव र मधेशमा जारी आन्दोलनका कारण अधिकांश मदिरा उद्योग समेत बन्द भैसकेका छन् । ‘नाकाको अवरोधले विदेशी रक्सी ल्याउन सकिएको छैन भने आन्दोलनकै कारण तराईमा रहेका सबै उद्योग बन्द छन अनि पहाडमा भएका उद्योग समेत कच्चा पदार्थ र इन्धनकै अभावका कारण बन्द भैसकेका छन् ।’ श्रेष्ठले भने । करिब ८० प्रतिशत मदिरा उद्योग बन्द भैसकेको उनले बताए । हिमालयन डिष्टिलरी बन्द भैसकेको बताउँदै उनले गोर्खा ब्रुअरी भने केहि दिनसम्म अझै सञ्चालन हुन सक्ने दावी पनि गरे ।

जोनी वाल्करका प्रतिनीधीले पनि बजारमा अभाव सुरु भएको बताए । ‘तर ब्ल्याक लेबल र डबल ब्लयाक अभाव छ, यस्तै हो भने अन्य आइटमको पनि अभाव सुरु हुन्छ ।’ ती प्रतिनिधीले भने । उनका अनुसार बजारमा बिक्रि हुने सबै जसो विदेशी रक्सीहरुको अभाव सुरु भैसकेको छ । तत्काल आयात हुन नसके जोनी वाल्करकै पनि अधिकांश आइटमको अभाव हुने उनले बताए । चिभासका प्रतिनीधिले पनि आफ्ना प्रडक्टहरुको अभाव सुरु भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.