योजना आयोगमा डा. युवराज खतिवडा

  २०७२ कार्तिक १८ गते १२:०८     विकासन्युज

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्री परिषद बैठक ले खतिवडालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर समेत रहेका खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा पनि आयोगका उपाध्यक्ष नै थिए ।
नेपालले नै खतिवडालनई योजना आयोगबाट केन्द्रिय बैंकको गभर्नर बनाएको थियो । झापा स्थायी घर भएका खतिवडा केपी ओलीका विश्वास पात्र हुन् । खतिवडाले मौद्रिक नीतिमा विद्यावारिधी गरेका छन् ।
मधेश आन्दोलनका मृतकलाई १० लाख
बैठकले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई १० लाख दिने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.