७ प्रतिशत सेयर लाभांश दिने गणपति माइक्रोफाइनान्सको घोषणा

  २०७६ भदौ ४ गते ११:४९     विकासन्युज

काठमाडौँ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ७ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आव २०७५/०७६को नाफाबाट चुक्ता पूँजी १० करोड ३५ लाखको ७ प्रतिशतले हुन आउने रु. ७२ लाख ४५ हजार बराबरको सेयर लाभांशको प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति आएपछि साधारण सभाबाट पारित भएपछि सेयर लाभांश वितरण गर्ने कम्पनी सचिव अच्युतराज सापकोटाले जनाएका छन् ।