२०७६ भदौ ८ गते २०:०३ विकासन्युज
काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई भेन्यु गाडीको लागी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत हुण्डाई शोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्ने छन् । लक्की ड्र अन्तर्गत ३ जोडी यो होलिडे प्याकेजको लागी छानिने छ ।
हुण्डाई भेन्यु लेडिजिटल योजना पनि सार्वजनिक गरेको छ, यसमा सहभागिले हुण्डाई भेन्युसंगको फोटो आफ्नो फेसबुक मार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सक्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.