२०७६ भदौ ९ गते १३:०१ विकासन्युज
काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीहरुले ३१.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश(बोनस सेयरको कर प्रयोेजनका लागि) गरी ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
राष्ट्र बैंक तथा संस्थाको साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांश वितरण गर्ने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जनाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.