जगदम्बा मोटर्सले ल्यायो ‘टिभिएस दशैंको दौड’ योजना

  २०७६ भदौ ९ गते १७:४०     विकासन्युज

काठमाडौँ । टिभिएस टू-ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् । टिभिएस शोरुममा नगई वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सकिन्छ ।

यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट जततउकस्ररतखकलभउब।िअयmरमबकजबष्ल मा लग अन गर्नु पर्नेछ र त्यहाँदिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइकन किन्दा नै रु.५,०००/- देखि रु.१,००,०००/-सम्म नगद राशी जित्न सक्नेछ । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ ।

यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ । जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरिद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टममा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्मित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, ।

हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरण गरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गर्नेछन् । प्रवद्र्धन योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले केही नवीनतम विचारका साथ प्रस्तुत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.