२०७६ भदौ १० गते १७:०५ विकासन्युज
काठमाडौं । महिन्द्रा ग्रुपको नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३००( एसयूभी थ्री डबल ओ उच्चारण हुने) मंगलबार नाडा अटो शोमा सार्वजनिक भएको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि रु ३९,७५,०००/– र डिजेल डब्लू फोर वर्गका लागि रु ४१,२५,०००/– तोकिएको छ । यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ ।
यो एक्सयूभी ३००, चित्ताकर्षक(हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।
कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले “एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर भएको बताए । बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित भएको बताउँदै एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए ।
एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८ मा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो, जसलाई ग्राहकहरुले रुचाएको कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.