सामुदायिक लघुवित्तले ३६ प्रतिशत लाभांश वितरण गर्ने

  २०७६ भदौ ११ गते १४:३२     विकासन्युज


काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई ३६.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको ३४.४५ प्रतिशत बोसन सेयर र कर प्रयोजनका लागि नगद लाभांश १.८१ प्रतिशत गरी ३६.२६ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

साथै बैठकले राष्ट्र बैंकको स्वीकृति तथा आगामी सभाबाट पारित भएपछि चुक्ता पूँजीको २ः१ ले हुने हकप्रद सेयर वितरण गर्ने निर्णय गरेको जनाइएको छ ।