२०७६ भदौ ११ गते १४:५३ विकासन्युज
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्च लिमिटेड(नेप्से)मा १ करोड २८ लाख ६५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार सेञ्चुरी कमर्सियल बैंक, उन्नत्ती माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
सञ्चुरीको १६ लाख ५० हजार ९२ दशमलव ४७, उन्नत्तीको २ लाख २२ हजार ७५० र नेपाल लाइफको १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.