२०७६ भदौ २९ गते १८:३५ विकासन्युज
काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ ।
पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ ।
कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.