२०७६ भदौ ३० गते १५:५१ विकासन्युज
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।
संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.